स्थानीय तहको निर्वाचन २०७४

करिब २० वर्षको प्रतिक्षापछि स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतदान बिहान ७ बजेबाट सुरु भएको छ । सिंहदरबारको अधिकारलाई गाउँगाउँमा पुर्याउने भनिएको पहिलो चरणको निर्वाचनमा ३४ जिल्लामा भइराखेको छ । सरकारले निर्वाचन आयोगसँगको समन्वयमा आज पहिलो चरणमा ३, ४ र ६ नम्बर प्रदेशका २ सय ८३ स्थानीय तहका लागि मतदान गर्दै छ । २०५४ सालमा भएको स्थानीय चुनावपछि विभिन्न कारणले २० वर्षसम्म चुनाव हुन सकेको थिएन । १३ हजार ५६५ पदका लागि झण्डै ५० हजार उम्मेदवार चुनावी मैदानमा छन् । जनयुद्ध, जनआन्दोलनपछिको उपलब्धि गणतन्त्र स्थापना, संविधानसभा निर्वाचन र सोही संविधानसभाबाट जारी नयाँ संविधानमा भएको व्यवस्था अनुसार पहिलो पटक स्थानीय तहको निर्वाचन भएको हो ।

avatar annapurna