सञ्चारपाटी लाइभ : दोश्रो चरणको निर्वाचन २०७४/८/२१)
दोस्रो चरण अन्तर्गत अबकाे केहि क्षणमा देशभर कुल ४५ जिल्लाका प्रतिनिधिसभाका १२८ प्रदेशसभाका २५६ क्षेत्रमा मतदान सुरू हुँदैछ । प्रतिनिधिसभाका १२८ सिटका लागि एक हजार ६६६ र प्रदेशसभाका २५६ सिटका लागि विभिन्न दल र स्वतन्त्र गरी दुई हजार ८१९ जना उम्मेदवारहरू प्रत्यक्षतर्फ चुनावी प्रतिस्पर्धामा छन् । यस्तै समानुपातिकतर्फ प्रतिनिधिसभाका ११० सिट र प्रदेशसभाका २२० सिटका लागि पाँच हजार ८ सय ३८ जना रहेका छन् । उनीहरूलाइ दाेश्राे चरणमा एक करोड २२ लाख ३९ हजार ९९३ जना मतदाताहरूले मतदान गर्न पाउने अाँकडा छ । निर्वाचनकाे याे महाअवसरमा सञ्चारपाटी अनलाइनले पलपल देशभर भइरहेका अपडेटहरू सञ्चारपाटी लाइभका रूपम पाठकहरूसामु ल्याएकाे छ । हामी अाज दिनभर र त्यसपछि मतगणना अवधीभर दिनरात अपडेटमा रहनेछाैं ।