स्थानीय निर्वाचन मनोनयन दर्ता (लाइभ)
दोस्रो चरण अन्तगएत आगामी १४ असारका लागि तीन प्रदेशमा आज उम्मेदवारी दर्ता हुँदै छ । निर्वाचन आयोगको कार्यतालिकाअनुसार बिहान ८ बजेदेखिँ दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ । निर्वाचनका आयोगको कार्यतालिकाअनुसार बिहान ८ देखि दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ । दोस्रो चरणमा १, ५ र ७ नम्बर प्रदेशका ३५ जिल्लाका ३३४ स्थानीय तहका लागि निर्वचन हुन लागेको हो । ती स्थानीय तहका ६४ लाख ३२ हजार ७ सय ६५ मतदाताले १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित गर्नेछन् । आयोगले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । निर्वाचनका क्रममा उम्मेदवारी मनोनयदेखि मतगगणनासम्मका कार्यमा आबरोध सिर्जना गर्ने, भड्काउने, बाधा खडा गर्ने क्रियाकलाप भएमा निर्वाचनमा खटिएका सुरक्षा कर्मीले त्यस्ता गतिविधिलाई निरुत्साहित गरी शान्ति सुरक्षा कायम गर्ने आयोगले जनाएको छ ।